पृष्ठभूमि
नेपाल एक कृषि प्रधान देश भएकोले कृषि क्षेत्रको विकास प्रयासमा राष्ट्रले प्राथमिकताका साथ साधन श्रोतहरू परिचालन गर्दै आएको छ । परिचालित साधन श्रोतहरू मुख्यतयाः रासायनिक तथा जैविक प्रयासहरूमा सीमित थिए भन्दा अत्युक्ति नहोला । फलस्वरुप खाद्य सुरक्षामा केही हदसम्म सफलता प्राप्त हुनुको साथै कृषि विकासको दरमा पनि वृद्धि भएको देखिन्छ । दिर्घकालिन कृषि विकास
योजनाले परिलक्षित गरेको कृषि विकासको वृद्धि दर आजसम्म पनि हासिल नहुनुका कारणहरू मध्ये कृषि ईन्जिनियरिङ्ग प्रविधिको योगदानको कमी पनि एक हो भन्न सकिन्छ । हाम्रो जस्तो कृषि प्रधान   देशको सामाजिक तथा आर्थिक सम्वृद्धि गर्न ग्रामीण आय वृद्धिको आवश्यकता पर्दछ भने ग्रामीण आय, रोजगारी र खाद्य सुरक्षामा निर्भर गर्दछ । ग्रामीण क्षेत्रको कृषि आय तथा खाद्य सुरक्षा सुनिश्चित गर्न भूमि तथा श्रम उत्पादकत्व वृद्धि गर्न आवश्यक पर्दछ । यसको लागि कृषि ईन्जिनियरिङ्ग, रासायनिक र जैविक प्रविधिहरूको संयुक्त प्रयासको आवश्यकता पर्दछ ।

cb1 weight gainer reviews


नेपालको कृषि क्षेत्र पनि मौसम परिवर्तन, जनसंख्या वृद्धि, खुल्ला आर्थिक नीति, युवा जनशक्तिको पलायन, खुम्चिँदै गरेको कृषि भूमि र वनजंगलको विनास जस्ता विश्वव्यापी असर बाट अछुतो रहन नसक्ने भएकोले उत्पादन तथा उत्पादकत्व सुधार गर्न कृषि ईन्जिनियरिङ्ग प्रविधिको उपयोगमा वृद्धि गर्न आवश्यक छ । हाल विश्वका सामु वातावरण, उर्जा तथा खाद्य सुरक्षा बीचको सन्तुलन नै ठूलो चुनौतीको रुपमा रहेको छ । यी त्रीपक्षिय संन्तुलनमा आधारित कृषि प्रणाली नै दिगो कृषि विकासको प्रयास मान्न सकिन्छ । यसको लागि भौतिक, रासायनिक तथा जैविक उत्पादन सामाग्रीहरूको उत्पादकत्व वृद्धि नै एक मात्र विकल्पको रुपमा रहेको देखिन्छ । तसर्थ उत्पादन सामाग्रीको उत्पादकत्व वृद्धि गर्न कृषि ईन्जिनियरिङ्ग प्रविधिको योगदान महत्वपूर्ण हुन सक्दछ । यदि यो प्रविधिको आवश्यकता नै नभएको भए तराई र केही भित्री मधेशका कृषकको व्यक्तिगत प्रयासवाट सिंचाई, जोताई, सिडिङ्ग देखि हार्भेष्टिङ्ग, थ्रेसिङ्ग, ग्रेडिङ्ग, मिलिङ्ग जस्ता कृषि कार्यहरूमा मेशिनरी औजारहरूको उपयोग व्यापक हुँदै गएको देख्न सकिँदैन थियो होला । विगत केही वर्षयता चितवन, रुपन्देही, कपिलवस्तु, बारा, पर्सा र नवलपरासीमा सेवा बजार मार्पmत कम्बाईन हार्भेष्टहरू प्रयोग गरी धान गहँु कटानीको कार्य समेत सप्लाइ हँुदै आएका छन् । राष्ट्रिय कृषि नीति २०६१ ले समेत मौजुदा निर्वाहमुखी कृषि प्रणालीलाई व्यावसायिक र औद्योगिक प्रणालीमा रुपान्तरण गरी सामाजिक तथा आर्थिक सम्वृद्धि प्राप्त गर्ने लक्ष्य लिए अनुरुप कृषि ईन्जिनियरिङ्ग प्रविधिको योगदानलाई नकार्न सकिँदैन । किनकि, कृषि ईन्जिनियरिङ्ग प्रविधिको उपयोग विना हाम्रो कृषि क्षेत्रको प्रतिस्पर्धात्क बजारमुखी कृषि उत्पादन प्राय असम्भव हुनेछ । साथै कृषि क्षेत्रमा व्याप्त चरम श्रम बोझ घटाई श्रमिकको आय वृद्धि तथा जीवन शैलीमा सुधार गर्न पनि यो प्रविधिको खाँचो महसुस गरिएको छ ।


प्रादुर्भाव भई उपयोग हुँदै आएका छन् । जस्तै Extensive, Intensive, Precision, Low input / Sustainable कृषि उत्पादन प्रणालीहरूको सफलतामा कृषि ईन्जिनियरिङ्ग प्रविधिको योगदान रहँदै आएको छ । परापूर्वकालमा पनि खेती गर्न ढुंगा, काठ र फलामका औजारहरू निर्माण गरी प्रयोगमा ल्याइएका थिए । नेपालमा पनि कृषि ईन्जिनियरिङ्ग प्रविधि प्रचार प्रसार गर्न केही प्रयासहरू नभएका होइनन् । तर उक्त प्रविधिको विकास प्रयासलाई आवश्यक पर्ने श्रोतसाधन उपलब्ध हुन नसक्नु, समयानुकुल जनशक्ति विकास नहुनुका साथै निर्माण कार्यमा मात्रै सिमित रहिरहनुुले कृषक माझ  यसकोउपयोगमाव्यापकता आउन सकेन । फलस्वरुप यो प्रविधिको सन्दर्भमा हाम्रो देश अन्य देशहरूको दाँजोमा पछि पर्दै गएको देखिन्छ । हाल आएर प्रविधिको प्रसार र उपयोगको लागि कृषि ईन्जिनियरिंङ्ग निर्देशनालयको २०६१ साल वैशाख १ गते कृषि विभाग अन्तर्गत स्थापना भई कृषि ईन्जिनियरिङ्ग प्रविधि प्रचार प्रसार गर्ने
कार्य गर्दै आएको छ ।