देशका विभिन्न भागहरूमा तत्कालिन सरकारवाट स्थापना भएका कृषि केन्द्रहरू र जिल्ला कृषि विकास कार्यालय लाई आवश्यक पर्ने संरचना निर्माण गर्न कृषि मन्त्रालय अन्तर्गत २०१० सालमा कृषि इन्जिनियरिङ्ग इकाईको स्थापना भएको थियो । पछि साधारण कृषि औजार विकास गरी उपयोगमा
ल्याउन कृषि इन्जिनियरिङ्ग इकाईलाई डिभिजनमा परिणत गरियो । यो कार्य कार्यान्वयनमा ल्याउन वि.सं.२०१६ (१९५९) मा विरगञ्जको रानीघाटमा कृषि औजार अनुसन्धान तथा विकास इकाई स्थापना भयो । त्यस पछि रुस सरकारको सहयोगमा सन १९६४ मा विरगञ्जमा नै अनुसन्धान गरी विकास भएका कृषि औजारहरू उत्पादन गर्न कृषि औजार कारखानाको स्थापना गरी हसिया,
मोल्डवोर्डप्लो, ह्यारो, डिस्कप्लो, ट्याक्टरट्रली, कोदालो, फोरुवा, पम्पसेट र थ्रेसर आदि उत्पादन गरी विक्री वितरण गर्दै आएको थियो ।
वि.स. २०२४ सालमा कृषि ईन्जिनियरिङ्ग डिभिजनले साना सिंचाईका काक्रमहरू समेत कार्यान्वयन गर्ने गरी साना सिचाई शाखा पनि डिभिजनमै गाभिएको थियो । कृषक स्वयंमवाट निर्मित र संचालनमा
रहेका सिचाईका प्रणालीहरू प्रथम पटक उपभोक्ता परिचालन गरी निर्माण, मर्मत संभार र संचालन गर्ने उदेश्यले कृषि विभाग अन्तर्गत वि.सं. २०२९ सालमा ँबचm क्ष्चचष्नबतष्यल बलम ध्बतभच ग्तष्ष्शिबतष्यल म्ष्खष्कष्यल ९ँक्ष्ध्ग्म्० स्थापना गरियो । खुमलटार स्थित कृषि ईन्जिनियरिङ्ग डिभिजनले कृषि यान्त्रिकरण र पोष्टहार्भेष्ट सम्वन्धी मात्र कार्यक्रमहरू संचालन गर्दै आएको थियो । वि.सं. २०४५ मा ँक्ष्ध्ग्म् लाई सिचाई विभागमा गाभिए पश्चात कृषि विभागमा वाँकी तीन जना ईन्जिनियरहरू र केही
ओभरसियरहरू मर्मत सम्भार शाखामा दरवन्दी रही  निर्माण कार्यको डिजाइन, निर्माण सुपरिवेक्षण
जस्ता कार्यमा मात्रै सिमित रह्यो । देशको भौगोलिक क्षेत्र अनुसार उपयुक्त कृषि ईन्जिनियरिङ्ग प्रविधि विकास गर्ने उद्देश्य अनुरुप नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गत वि.सं. २०४८ (१९९१) मा कृषि इन्जिनियरिङ्ग डिभिजनको स्थापना भएको थियो ।
कृषि ईन्जिनियरिङ्ग प्रविधिको महत्व र योगदान वारे नीतिगत व्यवस्था नभए पनि कृषि क्षेत्रमा कार्यरत संघ संस्था र महानुभावहरूले यो प्रविधिको आवश्यकतालाई महसुस गरी २०६१ साल वैशाख १ गते देखि कृषि विभाग अन्तर्गत कृषि ईन्जिनियरिङ्ग निर्देशनालयको स्थापना भएको छ । यसले कृषि ईन्जिनियरिङ्ग प्रविधि प्रचार र विस्तारका कार्यक्रमहरू संचालन गरी नेपालको कृषिलाई व्यावसायिक रुपमा विकास गर्न प्रयास गरी सेवा पु¥याउँदै आएको छ । यसका साथै पाँचवटै क्षेत्रिय कृषि
निर्देशनालयहरुमा एकएक जना कृषि इन्जिनियर र दुईजना सिभिल ओभरसियरको दरवन्दी व्यवस्था भएवाट उक्त निकायवाट पनि कृषि इन्जिनियरिङ्ग सेवा उपलव्ध भइरहेका छन् ।